नेपाल शेर्पा विद्यार्थी संघको १४ ‌औं राष्ट्रिय महाधिवेशनमा महिला अध्यक्ष पदको उम्मेद्वार फुटी शेर्पा

  दावा जाङ्बु शेर्पा :काठमाडौ

 

“१४औं राष्ट्रिय महाधिवेशनको शान; पहिचान र सहअस्तित्वमा समग्र नेपाल शेर्पा विद्यार्थी संघको अभियान” भन्ने मुल नारा सहित नेपाल शेर्पा विद्यार्थी संघ, केन्द्रीय कार्यसमितिको आसन्न १४औं राष्ट्रिय महाधिवेशनमा माइजोगमाई -६, प्याङ, इलाम जिल्लाबाट समग्र शेर्पा विद्यार्थीहरूको सर्वाङ्गीण अधिकारको प्रतिनिधित्व गर्दै केन्द्रीय अध्यक्ष पदमा सम्पूर्ण शेर्पा विद्यार्थीको निमित्त महिलाको तर्फबाठ फुटी शेर्पाले उमेदवार भएको घोषणा गरिएको छ ।

नेपाल शेर्पा विद्यार्थी संघको तत्कालीन महिला उपाध्यक्ष साथै अहिले महाधिवेशन मुल आयोजक समितिको सदस्य समेत भएको हैसियतले मलाई बहु वर्षीय योजना तर्फ भन्दा पनि यहीं दुई वर्षे कार्यकालमा गर्न सक्ने सम्पूर्ण कार्य विधानको अधीनमा रहेर गर्ने प्रतिबद्धता सहित शेर्पा विद्यार्थीको हक, हित, अधिकार र शेर्पा समुदायको मौलिक पहिचान र सहअस्तित्वको भावनालाई जागृत गर्ने उद्देश्य रहेको उहाँको भनाइ छ ।

 

‘यो संस्था स्थापना भएको तीन दशक हुदा पनि संस्थापक अध्यक्ष बाहेक अरु कोही इलाम जिल्लाको अध्यक्ष हुने अवसर नपाएको र यसपटक म एक सक्षम नेतृत्व लिनसक्छु भन्ने कुरामा आत्मसात राखेर मैले केन्द्रीय अध्यक्षमा उम्मेदवार दावी गरेको छु । साथै, म यस संस्थामा रहेर शेर्पा समुदायको विभिन्न मौलिक गीतलाई टुङ्नाको संगीत मार्फत जगेर्ना गर्दै आइरहेको छु र भरखरै मात्रै मैले Rara National Music Award-2080 प्राप्त गर्न सफल भएको छु भने नेपाल सरकारको पुर्ण स्वामित्वमा सञ्चालित रेडियो नेपालले लिने आधुनिक गीतको स्वर परीक्षा २०७९मा उत्तीर्ण हुने इतिहासमा शेर्पा समुदाय कै पहिलो शेर्पा महिला पनि हुँ’ फुटी शेर्पाले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार