सभाहल र संग्राहलय निर्माण सहयोगार्थ जिमी(राई)उत्थान सोलुको द्येउसीभैलो, २ लाख ७ हजार ५ सय ८५ रुपैयाँ संकलन

केन्द्रिय समितिले कार्तिक २९ गते नबदुर्गा पार्टीप्यालेस सुकेधारामा द्येउसीभैलो कार्यक्रम आयोजना


जिमी (राई) उत्थान स्थानिय समिति सोलुखुम्बुले दिपावलीको शुभकामना आदान–प्रदानसंगै द्येउसीभैलो कार्यक्रमको आयोजना गरेको छ । समितिको सल्लेरीमा निर्माणाधिन सभाहल र संग्राहलय निर्माण सहयोगार्थ द्येउसीभैलो कार्यक्रमको आयोजना गरिएको हो ।


आज संस्थाको प्राङ्गणमा आयोजना गरिएको द्येउसीभैलो कार्यक्रममा कुल २ लाख ७ हजार ५ सय ८५ रुपैयाँ संकलन भएको छ । पहिचानको उत्थान, संस्कार र संस्कृतिको जगेर्ना गर्न २०५५ सालमा यसबहादुर राईको अध्यक्षतामा स्थापना भएको संस्थाले गतबर्ष देखि बहुउद्घेशीय सभाहल र संग्राहलय निर्माण कार्य थालनी गरेको हो । जसको लागि सोलुदुधकुण्ड नगरपालिकाले समेत १५ लाख बजेट बिनियोजन गरेको संस्थाका उपाध्यक्ष प्रबिन कुमार राईले बताउनुभयो । त्यस्तै माप्य दुधकोशी गााउँपालिकाले सँस्कृति जोगाउने कार्यमा आगामी आर्थिक बर्षको बजेटबाट १५ लाख छुट्टाउने जनाएको छ । शुभकामना दिने क्रममा गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले उपाध्यक्ष गौरब  राई र वडाध्यक्ष भक्त बहादुर राईलाई साक्षी राखेर यस्तो घोषणा गर्नुभएको हो ।


योजना ठुलो भएकाले रकम अपुग हुनेहुदा द्येउसीभैलोबाट उठेको रकम निर्माण कार्यमा खर्च गर्ने स्थानिय समितिका अध्यक्ष डाकबहादुर राईले बताउनुभयो । उता केन्द्रिय समितिले पनि कार्तिक २९ गते नबदुर्गा पार्टी प्यालेस सुकेधारामा शुभकामना आदान–प्रदानसंगै द्येउसीभैलो कार्यक्रमको आयोजना गरेको छ । सबैतिरबाट संकलन भएको रकम पुर्ण ईमान्दारिताका साथ भवन निर्माणमा खर्चिने केन्द्रिय अध्यक्ष यसबहादुर राईले बताउनुभयो ।
सोलुखुम्बु जिल्लाका प्रतिनिधि सभा सदस्य मानबीर राईको प्रमुख आतिथ्यतामा आयोजित द्येउसीभैलो कार्यक्रमको बिशिष्ठ अतिथिमा माप्य दुधकोशी गाँउपालिकाका अध्यक्ष बुद्धिबिरण राई, उपाध्यक्ष गौरब राई माप्य दुधकोशी गाँउपालिका ४ का वडाध्यक्ष भक्त बहादुर राई लगायतको उपस्थिति रहेको थियो भने अन्य अतिथिहरुमा अशोक राई, दिनेश राई, तेज बहादुर राई, महेश खालिङ राई लगायत रहेका थिए ।
कार्यक्रममा स–साना नानीहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार