सोलुखुम्बुका आदर्श कम्युनिस्ट नेता किराँतीको निधन, काठमान्डौमै गरिने अन्त्यष्टी


नेकपा एमाले सोलुखुम्बुका आदर्श कम्युनिस्ट नेता डिबि किराँतीको निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि जिल्ला अस्पताल फाप्लु हुदै न्युरो अस्पताल बासबारीमा उपचार गराईरहेका किराँतीको गए राती निधन भएको हो ।

किराँती सच्चा कम्युनिस्ट आदर्शवान नेता अन्तर्गत पर्दछन । उनले बि.सं २०३६ सालदेखि नेकपा मालेबाट कम्युनिस्ट राजनिति सुरु गरेका हुन ।

जीवनमा सधै कम्युनिस्ट आदर्शमा बाच्न रुचाउने किराँती अन्तत: प्रदेश कमिटि सदस्यसम्म पुगेर अस्ताएका छन ।

उनको शोकमा ५ दिनसम्म पार्टिको झण्डा आधा झुकाउने, कुनैपनि राजनितिक कार्यक्रम नगर्ने, जिल्लाका सबै स्थानिय तहका पार्टि कार्यालयमा शोक पुस्तिका राख्दै श्रद्धाञ्जली सभाको समेत आयोजना गर्ने नेकपा एमाले सोलुखुम्बुले जनाएको छ ।

किराँतीको अवशानले नेकपा एमाले सोलुखुम्बुलाई ठुलो क्षति पुगेको जिल्ला कमिटि अध्यक्ष डुफ कुमार बास्तोलाले बताउनुभयो ।
स्वर्गीय किराँती कम्युनिस्ट नेता मात्र नभएर कुशल साहित्यकार, चित्रकार तथा कृषिबिद समेत हुन । उनले जीवनमा थुप्रै पुस्तक समेत लेखेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार