सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको आयोजनामा हुन लागिरहेको सर्वाधिक चासोको बहुप्रतिक्षित एभरेष्ट भ्यु ट्रेल म्याराथनको सबै तयारी पुरा भएको छ । गाउँपालिकाले प्रथम पटक आयोजना गर्न लागेको यस म्याराथनको सम्पुर्ण तयारी पुरा भएको पालिका अध्यक्ष बुद्दिकिरण राईले बताएका हुन ।
पर्यटन प्रबर्धनका लागि आयोजित यस म्याराथनमा देश तथा बिदेशका करिब १ सय ५० धावकहरूले भाग लिने जनाईएको छ । म्याराथन यहि बैशाख १२ गते बिहान ६ बजेबाट शुरु हुनेछ । गाउँपालिकाको वडा नम्बर ४ मा रहेको रंगशालाबाट म्याराथन शुरु हुनेछ ।
यो ट्रेल म्याराथनमा गाउँपालिकाको बिभिन्न पर्यटकिय क्षेत्रहरूको अबलोकन समेत गर्न पाईने छ । रंगशालाबाट शुरु भएर वडा नम्बर ५ को सिलगुडी डाँडा, घुम्नेमेरा, कुधुम हाईक्याम्प तथा मिडक्याम्प हुदै गाउँपालिकाले निर्माण गरेको योतेल्म्या पर्यटन सेल्टर हुदै फेरी रंगशाला नै आईपुगेर म्याराथन सकिनेछ ।
यो म्याराथनको कुल लम्बाई ४७ किलोमिटर रहेको गाउँपालिकाले जनाएको छ । ११ गते बेलुकासम्म सहभागीले नाम दर्ता गराउन सक्ने हुदा सहभागीको संख्या अझै बढ्न सक्ने गाउँपालिकाका शिक्षा संयोजक गजेन्द्र भट्टराईले बताएकाछन ।