सोलुखुम्बुमा पहिलो पटक चौरी पर्यटन महोत्सब आयोजना हुने भएको छ । चौरी पालक संघ सोलुखुम्बुको आयोजनामा यहीँ बैशाक ४ गतेदेखि ६ गतेसम्म महोत्सब आयोजना हुने भएको हो ।
सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकाको सिमानामा रहेको पिके पिकको बेसक्याम्पमा उक्त महोत्सब आयोजना गर्न लागिएको छ । सोलुखुम्बु जिल्ला चौरी पालक कृषकहरूको केन्द्रका रुपमा रहेपनि हालसम्म सरकारले कुनै निति नबनाईदिएकाले स्थानिय सरकारको ध्यानाकर्षणका लागि महोत्सब आयोजना गर्न लागिएको संघका अध्यक्ष थुटोप दोर्जी शेर्पाले जानकारी दिनुभयो ।
निति बिनाको नियति यहाँका चौरी पालक कृषकहरूले भोगीरहेकाछन । त्यसैले भबिष्यमा एउटा स्पष्ट निति बन्न नकोस भनेर महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष शेर्पाको भनाई छ ।
दर्जनौ चौरी पालक कृषकहरूलाई महोत्सबले उत्साहित बनाएको छ । यसले पछिल्लो समय कम हुदै गएको चौरी पालक कृषकको संख्यामा पनि वृद्धि हुने बिस्वास गरिएको छ ।