सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ९ गोराखानीका वडाध्यक्ष धनराज तामाङले डढेलो नियन्त्रणमा जुट्न स्थानियलाई अपिल गरेका छन । वडाभित्र लागेको डढेलोलाई नियन्त्रण गर्नका लागि उनले स्थानिय प्रशासन, नजिकका प्रहरी युनिट र सबै वडाबासीलाई अपिल गरेका हुन । डढेलोले थप क्षति पुर्याउन नसकोस भनेर समयमै नियन्त्रणमा सबै अग्रसर बन्न उनले आग्रह गरेका छन ।
अहिले गोराखानी र केरुङको बन क्षेत्रमा आगलागी भईरहेको छ । आगलागीले डाडाखर्कका आवासिय क्षेत्र प्रबेश नगरोस भनेर समयमै नियन्त्रणमा प्रयासमा वडाध्यक्ष तामाङ स्वयम पनि खटिएका छन ।उनले नजिकका सबै स्थानियलाई पनि आगलानी नियन्त्रणमा जुट्न आग्र्ह गरेका हुन ।