नेकपा एमाले सोलुखुम्बुको आठौं अधिबेशनबाट डुफकुमार बास्तोला पुनः अध्यक्ष पदमा बिजयी भएका छन । सुरुमा डुफकुमार बास्तोलालाई नै अध्यक्षमा निरन्तरता दिने गरी सहमतीको प्रयास गरिएको थियो । तर सहमती जुट्न नसकेपछी अधिबेशन निर्वाचनतर्फ धकेलिएकोमा बास्तोलाले निर्वाचन्नमा पनि सानदार मत प्राप्त गर्दै अध्यक्ष पदमा दोहोरिएस्फ हुन ।
उनका प्रतिद्वन्दी हर्क बहादुर राईले १ सय २५ मत प्राप्त गर्दा बास्तोलाले भने २ सय ७७ मत प्राप्त गरेका हुन । कुल ४ सय २० मत खसेकोमा १ सय ५२ मतको फराकिलो मतान्तरले बास्तोला दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका छन । १८ मत भने बदर भएको छ ।
बास्तोलाले सातौ अधिबेशनबाट नेकपा एमाले सोलुखुम्बुको अध्यक्षको कार्यभार सम्हालेका थिए । उनको त्यस कार्यकालमा एमालेले सोलुखुम्बुमा ५ वटा पार्टी बिरुद्ध एक्लैले चुनाब लडेर पहिलो मत प्राप्त गरेको थियो । सोलुखुम्बुका एमाले कार्यकर्ताले यसलाई निक्कै ठुलो उपलब्धीका रुपमा लिने गरेका छन । त्यसैले डुफकुमार बास्तोलामाथी आम कार्यकर्ताको भरोसा निक्कै देखिएको छ । जो यो अधिबेशनबाट समेत पुष्टि भएको छ ।
एमालेको आठौं अधिबेशनलाई नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरणको रुपमा ब्याख्या गरिएको थियो । यद्दपी नेता कार्यकर्ताको रोजाईमा भने डुफकुमार बास्तोला नै पर्न सफल भएका छन ।
त्यस्तै उपाध्यक्षमा आश बहादुर राई शिशिर, सचिबमा कल्पना राई, सहसचिबमा मिङ्मारछीरी शेर्पा र महिला सहसचिबमा मोहनकुमारी कार्की निर्वाचित भएका छन । सदस्यहरू भने सबै सर्बसम्मत भएका हुन । थप अपडेटका लागि अर्को समाचारको प्रतिक्षा गर्नुहोस ।