माउन्ट एभरेष्ट हाईड्रोले बुझायो ३४ लाख बढि क्षतिपुर्ती, ४ लाख मुअकर र ५३ हजार प्रदेश सेवा शुल्क


सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका २ मा निर्माणाधिन एभरेष्ट हाईड्रोले स्यासा सामुदायिक बनलाई ३४ लाखभन्दा बढि क्षतिपूर्ती बुझाएको छ । हाईड्रोले बनलाई ३४ लाख ५९ हजार ३ सय ९३ क्षतिपूर्ती रकम बुझाएको हो । निर्माणको क्रममा बनक्षेत्रको १४ सय ३८ रुख कटानीको अनुमती पाएको हाईड्रोले काटिएका रुखहरुको मुल्यांकन अनुसारको काठ दिन नसकेपछी आज क्षतिपूर्ती बुझाएको हो ।


डिभिजन बन कार्यालय सोलुखुम्बुको मुल्यांकनमा १४ सय ३८ रुख कटानी गर्दा ३१ हजार ५ सय ४९ दशमलब ०९ क्युबफिट काठ र ६७ दशमलब ३१ चट्टा दाउरा रहेको थियो । तर हाईड्रोले १३ हजार ७ सय २४ दशमलब ७२ क्युबफिट काठ र १८ दशमलब ३५ चट्टा दाउरा मात्र सामुदायिक बनलाई बुझाएको थियो ।


मुल्यांकन गरेको काठमा १७ हजार ८ सय २४ दशमलब ३७ क्युबफिट हराएको र ४८ दशमलब ९६ चट्टा दाउरा पनि हाईड्रोले बनलाई बुझाउन नसकेपछी सो काठ र दाउराको क्षतिपूर्ती भराएको हो । जस अन्तरगत राज्यलाई ४ लाख २४ हजार २ सय ६१ दशमलव ८९ रुपैयाँ कर समेत बुझाएको छ । त्यस्तै ५३ हजार ४ सय ७३ दशमलव ११ रुपैयाँ प्रदेश सेवा शुल्क समेत हाईड्रोले भर्पाई गरेको हो ।


यी सबै क्षतिपूर्ती बापत हाईड्रोले भुक्तान गरेको छ । सबै गरी कुल ३९ लाख ३७ हजार १ सय २८ रुपैयाँ एभरेष्ट हाईड्रोले भुक्तान गरेको डिभिजन बन कार्यालयले जनाएको छ ।
यो १२ मेगावाट बिजुली उत्पादन गर्नका लागि निर्माण भईरहेको आयोजना हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार