सोलुखुम्बुबाट काठमाडौं जाने क्रममा मोटरसाइकल दुर्घटना


ओखलढुंगाको सिद्धिचरण नगरपालिका ६ को साउनेडाँडामा आज भएको मोटरसाइकल दुर्घटनामा घाइते भएकी सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका ७ देउसाकी २७ वर्षीया विपना राईलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

  • टाउकोमा चोट लागेका कारण ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार पश्चात् थप उपचारका लागि काठमाडौं लगिएको हो । सोलुखुम्बुबाट काठमाडौं जाँदै गरेको प्र.३-०२-०१३प २८४७ नम्बरको मोटर साइकल आफैँ अनियन्त्रित भई आज दुर्घटनामा परेको थियो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार राई घाइते भएकी थिइन् । मोटरसाइकल चालक सकुशल रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । मोटरसाइकल सडकबाट १ सय मिटर तल झरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार