ओखलढुंगाको चम्पादेवी गाउँपालिका १० रानीवन बस्ने ४५ वर्षीय वसन्त कार्कीको रुखबाट लडेर मृत्यु भएको छ । स्थानीय ध्रुब बोगटीको बारीमा रहेको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको हो । घटना सोमबार साँझ घटेको हो । घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको टोलीले प्रारम्भिक कानूनी पूरा गरी मृत लास शव परिक्षणको लागि प्राथमिक स्वास्थ्य कार्यालय, रानीवन पठाएको छ ।