जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका सिडियो र सहायक सिडियो नै भ्रमणमा ब्यस्त, जिल्लामा निमित्त मात्रै


जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका सिडियो र सहायक सिडियो नै भ्रमणमा ब्यस्त रहेका छन । जसले गर्दा प्रशासनको सेवा प्रभाबित भएको भन्दै स्थानियले गुनासो गरेका छन । जिल्लाका सिडियो र सहायक सिडियो नै एउटै कार्यक्रममा गएको प्रति गुनासो आएको हो । गत २४ गतेदेखि जिल्ला प्रशासन कार्यालय निमित्त सहायकको भरमा छाडिएको छ । यसरी कार्यालयमा दुबै कार्यकारी नहुदा आम नागरिकको सेवा प्रवाहमा समस्या भएको स्थानियको आरोप छ ।
धनकुटामा भएको कोशी प्रदेश अन्तरगत अन्तर जिल्लास्तरिय सुरक्षा बैठकमा सहभागी हुन सिडियो र सहायक सिडियो नै त्यतातर्फ गएका थिए । तर कार्यक्रम सकिएपनी उनिहरु नफर्किएपछी आम नागरिकले गुनासो गरेका हुन । तोकिएको कार्यक्रम सकिएपनी सिडियो र सहायक सिडियो भने प्रदेश १ का अन्य जिल्लाहरुको भ्रमणमा ब्यस्त रहेका हुन ।
यस बिषयमा प्रमुख जिल्ला अधिकारी देबि पाण्डे खत्रीले भने जिल्ला सहायकको भरमा छाडिएकोले नागरिकको सेवा प्रवाहमा कुनै समस्या नभएको बताएकी छिन । स्थानियले भने यसलाई गम्भिर लापरबाहिका रुपमा लिएका छन । उनिहरुले यसलाई आम जिल्लाबासी माथीको हेपाहा प्रबृति भनेकाछन ।

अहिले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा निमित्तको रुपमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी सिमा प्रशासन कार्यालय नाम्चेको हाकिम रहेको र उनले जिल्ला प्रशासन कार्यालयमा निमित्त रहनुपर्दा खुम्बुका स्थानिय सेवाबाट बन्चित भ​एको त्यहाँका स्थानियको भनाई छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार