प्रायोजित आलोचकलाई अध्यक्ष बुद्धिकिरण राईको गतिलो झापड, उपचार खर्च गाउँपालिकाले दिन्छ ।


सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले आफ्ना आलोचकहरूलाई गतिलो झापड लगाएका छन । तथ्यलाई बङ्गाएर वा लुकाएर जनतामा भ्रम मात्रै सिर्जना गर्न खोज्ने आलोचकहरूप्रति लक्षित गर्दै उनले शब्दद्वारा गतिलै झापड दिएका हुन ।

गाउँपालिकाले भोकखोलामा निर्माण गरेको नबनिर्मित मोटरेबल पुल उद्घाटन कार्यक्रमका दौरानमा उनले ति आलोचकहरूलाई मानसिक रोगीको संज्ञा दिएका छन । गाउँपालिकाले गरिरहेको कामलाई नदेखेर अनावश्यक रुपमा आलोचना मात्र गर्नेहरूलाई उनले उपचार खर्च ब्यबस्थापन गर्ने बताएका छन ।

उनि सामाजिक संजालमा त्यति सकृय रहदैनन । तर संजालको दुरुपयोग गरेर आफू विरुद्ध निरन्तर नकारात्मक टिकाटिप्पडी गरिरहनेहरूलाई उनले भने “मानसिक असन्तुलन ठिक गर्नुहोस, बरु गाउँपालिकाले उपचार खर्चको ब्यबस्थापन गर्नेछ ।”

माप्य दुधकोशी गाउँपालिकामा उनि दोस्रो पटक निर्वाचित जनप्रीय अध्यक्ष हुन । उनले गाउँपालिकाको नेतृत्व गर्दैगर्दा दिर्घकालिन लक्ष्य सहितका आयोजनाहरूलाई तिब्रताका साथ अगाडी बढाइरहेकाछन । आफ्नो पहिलो कार्यकालमा सगरमाथा जोड्ने सडक र माप्य खुम्बु मितेरी पुल निर्माण उनको सबैभन्दा महत्वाकांक्षी योजना थियो । जो अहिले संसारभरका मानिसहरूलाई स्थलमार्ग मार्फत नै सगरमाथा पुर्याउन सफल पनि रहेको छ । त्यस्तै कोशी पारीको २ वडाहरूलाई सडक संजालले जोड्न कायाखेतमा मोटरेबल पुल पनि उनको पहिलो कार्यकालमा नै बनेको हो । गाउँपालिकाको वडा नम्बर ७ को सोलाबनसम्म सडक पुर्याएर उनले ईतिहास रचेका छन । जहाँ जे आवस्यकता छ, त्यहाँ त्यहि आयोजना दिर्घकालिन रणनितिका साथ पुर्याउने उनको खुबीकै कारण दोस्रो कार्यकालका लागि पनि उनि जनताबाट अनुमोदित/निर्वाचित भएका हुन ।

दोस्रो कार्यकालमा शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्राथमिकतामा राखेर अहोरात्र काम गरिरहेका अध्यक्ष राईले बिद्यार्थीलाई पुर्ण नि:शुल्क शिक्षा प्रदान गर्नका लागि देशमै पहिलो पटक शैक्षिक सामाग्री नि:शुल्क गरेका छन । उनि आफ्नो गाउँपालिकालाई पर्यटन हबका रुपमा बिकास गरेर जनजनमा आर्थिक समृद्धि र सम्मुनति ल्याउन चाहन्छन । सोहि अन्तरगत पर्यटन क्षेत्रमा उनले उल्लेखनिय काम गरिरहेकाछन । सम्भवत पर्यटनमा सबैभन्दा धेरै लगानी गर्ने स्थानिय तहमा माप्य दुधकोशी गाउँपालिका पहिलो स्थानिय तह हो । संसारभरबाट सोलुखुम्बु आउने पर्यटकलाई आफ्नो गाउँपालिका प्रबेश गराउने रणनिति पहिलो कार्यकालमै सफल पारेका राई, दोस्रो कार्यकालमा ति पर्यटकलाई केहिदिन पालिकामा भुलाउने उपायको खोजीमा छन ।

तर केहि अराजक ब्यक्तीहरू निरन्तर उनि विरुद्ध सामाजिक संजालमा खनिदै आएका छन । तसर्थ उनले हिजो औपचारिक कार्यक्रममै ति सबैलाई जवाफ फर्काएका हुन ।

सोलुखुम्बुको सबैभन्दा स्तरिय सडक ईस्फाल प्रबिधिबाट माप्य दुधकोशी गाउँपालिकामा निर्माणाधिन अवस्थामा छ । जुन संसारलाई सगरमाथा पुर्याउने सडक हो । यहि सडकमा पर्ने भोकखोलामा पुल नहुदा यात्रु तथा पर्यटकलाई सास्ती हुदै आएको थियो । त्यसैले गाउँपालिकाले २०७८ सालमै त्यहाँ पुलको ठेक्का लगाएको थियो । यद्यपि ढुवानी, सडक लगायतका बिभिन्न कारणले पुल १ बर्ष ढिला गरी निर्माण सम्पन्न भयो । सो पुलको उद्घाटन कार्यक्रममा उनले आफू विरुद्ध निरन्तर प्रायोजित रुपमा आलोचना मात्रै ओकल्नेलाई राम्रै दनक दिएका हुन ।

गाउँपालिकाले गरेको कामलाई देखेर पनि नदेखेजस्तो गर्ने र जनतामा अनावश्यक भ्रम छर्न खोज्नेहरूलाई उनले मानसिक असन्तुलनको उपचारका बजेट नै बिनियोजन गरिदिने बताएका छन ।

उनले भने “हामीले गरेको बिकास निर्माण देखि आत्तिएर केहिथान मानसिक तथा मनोरोगीहरू सामाजिक संजालमा जथाभावी लेख्ने र जनतामा भ्रन सिर्जना गर्ने कोसिसमा निरन्तर लागिरहेकाछन । हामीले जनतालाई कामद्वारा त्यसको जवाफ दिएकाछौ । तर जो-जो प्रायोजित आलोचनामा केन्द्रीत छन तिनको मानसिक उपचार गाउँपालिकाले गर्छ ।”

उनले उक्त मोटरेबल पुल उद्घाटन कार्यक्रमका दौरानमा भने “अब माप्य आत्मनिर्भर बन्नुपर्छ । यो सडक र यी पुलहरूद्वारा माप्यले फाईदा लिन सक्नुपर्छ । त्यसैले कृषि उत्पादनमा सबै केन्द्रीत बनौ । बजार हामी सिर्जना गर्छौ । खुम्बुलाई चाहिने सबै दैनिक उपभोग्य बस्तुहरू माप्यले उत्पादन गर्नुपर्छ । यसले हरेकको जीवनमा आर्थिक समृद्धि लिएर आउनेछ ।” भोकखोलामा नबनिर्मित मोटरेबल पुलको सोलुखुम्बु जिल्लाका संघिय सांसद मानवीर राई, प्रदेश ख का सांसद बुद्धिकुमार राजभण्डारी, माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिराण राई, उपाध्यक्ष गौरव राई, खुम्बु पासाङलम्हु गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पा, प्रबक्ता लाक्पाछिरी शेर्पा र नेकपा एमालेका सोलुखुम्बु जिल्ला अध्यक्ष एबम नेचा सल्यान गाउँपालिकाका संस्थापक अध्यक्ष डुफ कुमार बास्तोलाले संयुक्त रुपमा हिजो उद्घाटन गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार