भोकखोला मोटरेबल पुल माप्यद्वारा खुम्बुलाई दोस्रो उपहार हो: प्रबक्ता लाक्पाछिरी शेर्पा(भिडियो)


सोलुखुम्बुको सगरमाथा रहेको स्थानिय तह खुम्बु पासाङलम्हु गाउँपालिकाका प्रबक्ता लाक्पाछिरी शेर्पाले नबनिर्मित भोकखोला मोटरेबल पुल माप्यद्वारा खुम्बुलाई दोस्रो उपहार भएको बताएका छन । पहिलो उपहारका रुपमा माप्य-खुम्बु मितेरी पुल निर्माण गरि खुम्बुमा सहज सवारी आवागमनमा सहयोग पुर्याएको भन्दै प्रबक्ता शेर्पा भोकखोला पुल दोस्रो उपहारका रुपमा व्याख्या गरेका हुन ।
हिजो नबनिर्मित पुलको उद्घाटनमा आफ्नो भनाई राख्दै प्रबक्ता शेर्पाले यस्तो बताएका हुन । उनले भने “हामी माप्यमा पुल उद्घाटन गरिरहेकाछौ, तर यसको हर्ष भने खुम्बुमा धेरै छ ।”
खुम्बु पासाङलम्हु गाउँपालिकालाई आवस्यक खाद्यान्न गाउँपालिका स्वयमले उत्पादन गर्न भौगोलिक अबस्थितिका कारण असम्भव रहेको छ । यस्तोमा दैनिक उपभोग्य बस्तुको आयातमा निर्भर यस गाउँपालिकालाई माप्यद्वारा निर्माण गरिएको यी दुई पुलले अत्यन्तै सहज भएको प्रबक्ता शेर्पाको भनाई रहेको थियो । त्यसैगरी बिश्वभरका पर्यटकहरू त्यस क्षेत्रमा भ्रमणका लागि आउने हुदा उनिहरूलाई पनि माप्यको सडक र पुलले मद्दत पुगिरहेको उनको धारणा छ ।
उनले थपे “माप्य दुधकोशी गाउँपालिकाले सडक र पुल निर्माण खुम्बुलाई उपहार दिएको छ । अब खुम्बुमा आवस्यक दैनिक उपभोग्य बस्तु माप्यले उत्पादन गरोस । हामी काठमान्डौबाट आयातित बस्तुहरू माथी प्रतिबन्ध लगाएर खुम्बुलाई पुर्ण अर्गानिक गाउँपालिका घोषणा गर्न तयार छौ । यसबाट माप्यका आम कृषक तथा उत्पादकलाई आर्थिक उन्नति हासिल हुनेछ ।”
बिश्वको शिर सगरमाथा पुग्नको लागि एकमात्र स्थलगत मार्गका रुपमा रहेको माप्य दुधकोशी गाउँपालिकाको सडक स्तरोन्नतिमा तिनै तहको सरकार गम्भीरताका साथ एकजुट हुनुपर्ने पनि उनको भनाई छ । त्यस्तै खुम्बु अत्याधिक मासुजन्य खाद्यान्न उपभोग गर्ने गाउँपालिका भएपनि हाल त्यहाँ कुनैपनी बधशाला नरहेको र काठमान्डौबाट प्याकेजिङ गरेको मासु आयात गरेर उपभोग गर्नुपर्दा महङ्गो पर्नुका साथै लामो समयसम्म बासी उपभोग गर्दै आईएकोले माप्यको १ नम्बर वडामा रहेको बधशालाको ब्यबस्थापन र संचालनमा दुबै गाउँपालिकाले लगानी गरि काम गर्नुपर्ने प्रबक्ता शेर्पाले बताएकाछन ।

भिडियोका लागि तलको Link मा Click गर्नुहोस ।

https://youtu.be/VHwnxUut4dQ

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार