सोलुखुम्बुमा रातनाङ्गे इन्दुरो बाईक रेसिङको दोस्रो सिजन संचालन हुने


भएको छ । पहिलो सिजन सफलतापुर्बक सम्पन्न गरेको फाप्लु माउन्टेन बाईक क्लबले यो बर्षपनि सिजन टु सार्बजनिक गरेको हो । हिजो होटल माउण्टेन भाईब्स फाप्लुमा पत्रकार सम्मेलन गरी सो को जानकारी गराईएको हो ।
क्लबका अनुसार यहि चैत्र १ देखि ४ गतेसम्म बाईक रेस प्रतियोगिता संचालन हुनेछ । यसपालीको रेस भने सोलुदुधकुण्ड नगरपालिका र फाप्लु माउन्टेन बाईक क्लबको संयुक्त आयोजनामा गर्न लागिएको हो ।
पर्यटन प्रबर्धनका लागि बिगतको बर्षदेखि नै माउन्टेन बाईक रेस गराउन सुरु गरेको क्लबकी निर्देशक मिङ्मार याङ्जी शेर्पाले बताएकी छिन । उनले भनेकी छिन माउण्टेन बाईक रेसिङका लागि हामीसंग पर्याप्त ट्रेलहरु छन र ति संसारकै सबैभन्दा उपयुक्त पनि छन । त्यसैले अब हामीले एडभेन्चर टुरिजममा फोकस गर्नुपर्छ । यसमा राज्यले पनि ध्यान दिनुपर्छ ।
सिजन २ मा बिभिन्न देशका ६० खेलाडीले सहभागिता जनाउदैछन । अन्तराष्ट्रिय माउण्टेन बाईक रेसर फ्रान्सका रेमी एब्सलोस र रुगो पिगवन पनि यस रेसमा गेष्ट राईडरका रुपमा सहभागी हदैछन । जुनियर, वुमन, मास्टर्स र ईलिइट गरी चार वटा क्याटोगोरीमा रेस संचालन हुनेछ ।
४ दिनसम्म संचालन हुने रेसको स्टार्टिङ पोईन्ट रातनाङ्गे हुनेछ भने ७ वटा ट्रेल हुदै यसको गरीखासालाई यसको ईन्डिङ पोईन्ट मानिनेछ । समुन्द्री सतहबाट ३ हजार मिटरभन्दा अग्लो स्थानदेखि सुरु भएर २५ सय मिटरको पेरिफेरीमा यो रेसको भौगोलिक अबस्थिति रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार