सोलुखुम्बुको न्यायालयमा पहिलो जनजाती न्यायाधिशको आगमन, निष्पक्ष न्यायसम्पादनको अपेक्षा

कर्मचारी मिलान केन्द्रले गर्यो हार्दिकताका साथ स्वागत


काठमान्डौ जिल्ला अदालत देखि सोलुखुम्बु जिल्ला अदालतमा सरुवा भई आउनुभएका जिल्ला न्यायाधिश शंकर बहादुर राईलाई कर्मचारी मिलान केन्द्र सोलुखुम्बुले स्वागत गरेको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर उहाँलाई सोलुखुम्बुमा स्वागत गरिएको हो । सोलुखुम्बुस्थित सबै सरकारी कार्यालयका प्रमुखहरुले न्यायाधिश राईलाई खादामालाले स्वागत गरेका हुन । जिल्लाको न्याय क्षेत्रमा सायद पहिलो जनजाती समुदायबाट प्रतिनिधित्व गर्ने न्यायमुर्तीको आगमन भएको हो । उहाँलाई कर्मचारी मिलान केन्द्रले हार्दिक स्वागत गरेको हो । यसअघी न्यायाधिश राई काठमान्डौ जिल्ला अदालतको न्यायाधिश हुनुहुन्थ्यो । त्यहाँबाट सरुवा भएर उहाँ हिजै मात्र सोलुखुम्बु आउनुभएको हो ।
न्यायमुर्तीको आगमनसंगै बिगत डेड महिना अघिदेखि न्यायाधिस बिहिन रहेको जिल्ला अदालतमा रोकिएर रहेका कतिपय मुद्धाहरुको काम अगाडी बढ्ने भएको छ । उहाँलाई सोलुखुम्बुमा स्वागत गर्दै प्रमुख जिल्ला अधिकारी देबी पाण्डे खत्रीले कारागारमा हाल क्षमताभन्दा ज्यादा कैदिबन्दी रहेकाले ब्यबस्थापनमा अत्यन्तै चुनौती थपिएको भन्दै मुद्धाहरुको फैसलालाई गति दिन आग्रह गर्नुभएको छ । त्यसको लागि जिल्ला प्रशासन कार्यालयले समन्वय गर्नुपर्ने ठाँउमा कन्जुस्यायी नहुने प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाई छ ।
त्यस्तै न्यायाधिश राईले पनि प्रकृयागत कामहरुमा समन्वय गरेरै अगाडी बढ्ने भनाई राखनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार