फागुन १७ कालो दिन, कोशी प्रदेशको पुनः नामाङ्कनको माग


सोलुखुम्बुका पहिचानबादिहरुले फागुन १७ लाई कालो दिनका रुपमा मनाएका छन । कोशी प्रदेशको नामाङकनमा पहिचान नसमेटिएको भन्दै आन्दोलनरत पहिचान पक्षधरहरुले आजको दिन कालो दिनका रुपमा मनाएका हुन । आजकै दिन प्रदेश १ को नाम कोशी प्रदेश राखिएको थियो । त्यस लगतै संघियताको मर्म र भाबना बिपरित प्रदेशको नामाङकन भएको भन्दै पहिचानबादिहरुले बिभिन्न चरणमा संघर्षका कार्यक्रमहरु गर्दै आएका छन । सोहि क्रममा आज प्रदेशको नामाङ्कन भएको दिनलाई कालो दिनका रुपमा ब्याख्या गर्दै बिरोध प्रदर्शन गरिएको हो ।
सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा नामाङ्कनको बिरोधमा नाराबाजी गर्दै पहिचान पक्षधरहरुले जिल्ला प्रशासन कार्यालय अगाडी केहिबेर नारा जुलुस गर्दै धर्ना दिएका थिए । कोशी नाम खारेज गर, पहिचान मेट्न पाईदैन भन्दै फागुन १७ लाई पहिचान नामेट पारिएको दिनका रुपमा असन्तुष्ट पक्षले ब्याख्या गरेका छन । प्रदेश १ को पुनः नामाङ्कन संघर्ष समिति सोलुखुम्बुको आयोजनामा बिरोध कार्यक्रम गरिएको हो ।
आदिम मुलबासी किराँती तथा जनजातीहरुलाई राज्यले उपेक्षा गरेको र संम्भ्रान्त बर्गको मात्रै अस्तित्वको जगेर्ना हुनेगरी प्रदेशको नाम राखिएको प्रति अहिले कोशी प्रदेशका १४ वटै जिल्लामा प्रदेशको पुनः नामाङ्कनको माग उठिरहेको छ ।

 

http://https://youtu.be/-6CoAYuMguI

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार