पाँचौ खिजिदेम्बा अल्ट्रा फुल म्याराथन ४२ कि.मि. फागुन १९ मा हुने

  दावा जाङ्बु शेर्पा काठमाडौं

ओखलढुंगामा फागुन १९ गतेबाट पाँचौं खिजिदेम्बा अल्ट्रा फुल म्याराथन हुने भएको छ ।
ओखलढुंगा टुरिजम डेभलोपमेन्ट कमिटीको आयोजना तथा खिजिदेम्बा गाउँपालिकाको सह–आयोजनामा पाँचौ खिजिदेम्बा अल्ट्रा फुल म्याराथन ४२ किलोमिटर हुने भएको हो । खेलकुदबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ दौड प्रतियोगीता आयोजना गरिएको संस्थाका महासचिव पासाङ शेर्पाले बताउनुभयो । प्रतियोगीता फागुन १९ गते शनिबार सुरु भई सोही दिन सकिनेछ । प्रतियोगीतामा अन्तराष्ट्रिय धावकहरु, तथा स्थानीय धावक गरि एक सय भन्दा बढीको सहभागीता रहने अपेक्षा गरिएको छ ।प्रतियोगीतामा सहभागी हुन ईच्छुक राष्ट्रिय तथा स्थानीय धावकहरुलाई नाम दर्ताको लागि १५ सय र विदेशी धावकहरुलाई १०० अमेरीकी डलर तोकिएको छ । म्याराथन प्रतियोगीतामा प्रथम, द्धितिय, तृतीय र सान्तवना स्थान प्राप्त गर्ने धावकहरु महिला, पुरुष दुवैतर्फ रु।७० हजार, ६० हजार, ५० हजार र २५ हजार प्रदान गरिनेछ । त्यस्तै स्थानीय धावकहरुको हकमा प्रथम, द्धितिय र तृतीय स्थान प्राप्त गर्ने महिला, पुरुष दुवैतर्फ धावकहरुलाई २० हजार, १५ हजार र १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार