माप्य दुधकोशी गाउँपालिका ४ काँकु डाँडागाउँमा जारी जिल्लाब्यापी वडास्तरिय महिला पुरुष भलिबल तथा माप्य दुधकोशी गाउँपालिका स्तरिय डबल ब्यडमिन्टन प्रतियोगिता सफलतापूर्बक सम्पन्न भएको छ । सानो फूलबारी सामुदायिक संस्थाको आयोजनामा माघ २ गतेदेखि जारी प्रतियोगिता माघ ५ गते सम्पन्न भएको हो ।
प्रतियोगितामा भलिबल तर्फ कुल २८ टिमको सहभागिता रहेको थियो । जसमध्य ९ टिम महिला रहेका थिए भने १९ टिम पुरुष रहेका थिए । त्यस्तै ब्याडमिन्टन तर्फ कुल ४८ टिमले भाग लिएका थिए । जसमध्य १० टिम महिला र ३८ टिम पुरुष रहेका थिए ।
लगातार ३ दिनसम्म जारी प्रतियोगिताबाट पुरुष भलिबल तर्फ सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङला प्रथम भएको छ । माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ लाई फाईनलमा हराउदै सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ प्रथम भएको हो । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङला प्रथम भईरहदा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ भने स्वतह दोस्रो भएको छ ।
त्यस्तै महिला भलिबल तर्फ माप्य दुधकोशी गाउँपालिका ७ वाकु हाँकुलाको टिम ए प्रथम भएको छ । प्रथम स्थानका लागि माप्य ७ ए र माप्य १ जुभिङ एक आपसमा भिडेका थिए । फाईनलमा जुभिङलाई हराउदै माप्य दुधकोशी गाउँपालिका ७ वाकु हाँकुलाको टिम ए प्रथम भएको हो ।
पुरुष भलिबल तर्फ माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ६ तेस्रो भएको छ । माप्य ४ ले भने चौथो हुदै सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएको छ । महिला तर्फ भने माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ४ तेस्रो स्थान हासिल गर्न सफल भएको छ । माप्य ७ को बि टिमले भने चौथो स्थान हासिल गरेको हो ।
प्रतियोगितामा प्रथम हुने टिमले महिला पुरुष दुबैतर्फ समान राशीको पुरस्कार प्राप्त गरेका छन । प्रथम हुनेलाई नगद ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको हो । पुरस्कार माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईको हातबाट प्रदान गरिएको हो ।
त्यस्तै दोस्रो स्थान हासिल गर्न सफल टिमलाई महिला पुरुष तर्फ नै नगद ३० हजारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको हो । तेस्रो हुने टिमले भने नगद २० हजारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । चौथो स्थान हासिल गर्ने टिमले भने नगद १० हजारको सान्त्वना पुरस्कारमै चित्त बुझाएका हुन ।
यता पुजा मगर र माया राई महिला डबल ब्यडमिन्टन तर्फ प्रथम हुदा नेल्सन किराँती र सशिकला राई दोस्रो तथा निशा राई र नलिना राई तेस्रो भएका छन । त्यस्तै मुना राई र नमिका राईले पनि तेस्रा स्थान हात पारेका छन । पुरुष तर्फ भने युजिन राई र सुदन राई प्रथम हुदा हर्कजित राई र पुकार राई दोस्रो तथा सुन्दर राई र किलोन राई तथा राजकुमार राई र नन्दराज राई पनि तेस्रो भएका छन । ब्याडमिन्टन तर्फ सेमिफाईनल प्रबेश गर्ने टिम स्वतह् तृतिय हुने रेफ्री अर्जुन श्रेष्ठले बताएका छन ।
ब्याडमिन्टन तर्फ प्रथम हुनेले १५ हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । दोस्रो हुनेले १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्दा तेस्रो ८ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका हुन ।
पुरुष भलिबल तर्फ सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्लाका सुदिप मगर उत्कृष्ट खेलाडी घोषित हुदा, दोर्जे तामाङ उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिफ्टर पासाङ तामाङ, उत्कृष्ट सर्भर तेजनारायण मगर, उत्कृष्ट सेटर मनोज खड्का र सन्दिप मगर उत्कृष्ट ब्लकर घोषित भएका हुन ।
त्यस्तै, महिला भलिबल तर्फ माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ७ वाकु हाँकुलाको टिम ए को चाँदनी राई उत्कृष्ट खेलाडी घोषित हुदा, बिपना राई उत्कृष्ट स्पाईकर, उत्कृष्ट उत्कृष्ट सर्भर पबिता राई, उत्कृष्ट सेटर सिर्जना राई र उत्कृष्ट डिफेन्डर बबिता राई घोषित भएका हुन । यी उत्कृष्ट खेलाडीलाई ट्रफी र प्रमाणपत्रले सम्मान गरिएको छ ।
खेलको आयोजकमा सानो पूmलबारी सामुदायिक संस्था काँकु डाँडागाउँ रहदा, आर्थिक संयोजक रमेश राई तथा खेल संयोजकमा शुन्दर राई र कार्यक्रम संयोजकका रुपमा बिकास राईले जिम्मेवारी सम्हालेको संस्थाका अध्यक्ष धनकुमार राईले जानकारी दिएकाछन । खेलको उद्घाटन एबम् समापन माप्य दुधकोशी गाँउपालिकाका अध्यक्ष बुद्धिकिरण राईको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष गौरब राईको बिशिष्ट आतिथ्यतामा भएको हो ।
खेल र खेलाडीको उत्थानको लागि आयोजित प्रतियोगिता भब्यताका साथ सफल रुपमा समापन भएको आयोजकले जनाएको छ ।
खेलका सम्पुर्ण फोटोहरु यो लिंकमा छ ।
https://www.facebook.com/creationnewsnepal