माप्य दुधकोशी गाउँपालिकाको आयोजनामा १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफलताका साथ सम्पन्न


सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको आयोजनामा जारी १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको ५औं संस्करण भब्यताका साथ सम्पन्न भएको छ । गाउँपालिकाले निर्माण गरेको कोर्कु रंगशालामा ४ दिनसम्म लगातार जारी प्रतियोगिता सोमबार सफलता पुर्बक सम्पन्न भएको हो ।
खेलकुदको बिकास र खेलाडी उत्पादनको लागि महत्वपुर्ण भूमिका खेल्दै आएको प्रतियोगितामा गाउँपालिका भरीका कुल ७ माबि र २ आधारभूत तह कक्षा ८ सम्म संचालित गरी जम्मा ९ बिधालयहरुले सहभागीता जनाएका थिए । पुष १३ गते उद्घाटन भएर पुष १६ गते समापन भएको प्रतियोगितामा काँकु माध्यामिक बिधालय भेडाचौरले उत्कृष्ट नतिजा हात पार्दै लगातार तेस्रो पटक पनि शिल्ड जित्न सफल भएको छ । २० स्वर्ण, १४ रजत र १२ कास्य हात पार्दै काकु माबि प्रथम भएको हो ।
त्यस्तै, ११ स्वर्ण, १२ रजत र १९ कास्य सहित ४२ पदक हासिल गरेर हिमालय मा.बि. बासा खास्ताप दोस्रो स्थान बनाउन सफल भएको छ । मैदानमा निक्कै कडा प्रतिस्पर्धीका रुपमा उत्रिएको हिमालय मा.बि.ले दोस्रो स्थानमा चित्त बुझाएको हो ।
९ स्वर्ण, ९ रजत र ७ कास्य सहित कुल २५ पदक हात पार्दै हिमालय मा.बि. वाकु हाँकुला तेस्रो भएको छ ।
जारी खेलबाट ६ स्वर्ण, ८ रजत र ६ कास्य सहित बासाखाली मा.बि. चौथो स्थानमा रहेको छ । त्यसपछी जुभिङ मा.बि. ले ४ स्वर्ण, ९ रजत र ८ कास्य हात पारेको छ भने सगरमाथा मा.बि. ले ३ स्वर्ण, ४ रजत र ९ कास्य हासिल गरेको छ । प्रतियोगिताका पहिलो पटक सहभागी रामपुर मा.बि. ले भने ९ कास्यमै चित्त बुझाएको हो ।
गाउँपालिकाको सर्बाङिगण बिकासमा केन्द्रित माप्य दुधकोशी गाउँपालिकाले खेलाडी उत्पादनमा पनि सकृयताका साथ काम गरिरहेको छ भन्ने उदाहरण खेल मैदानमा उत्रिएका खेलाडीहरुको खेल प्रदर्शनबाट स्पष्ट भएको छ । यसले आगामी दिनमा खेल प्रतिको आम बुझाईमा र खेलाडीहरुको आकर्षणमा गतिलो फड्को मार्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार