एभरेस्ट ट्रेल रेसको ११ औँ संस्करण शुरु, १० देशका २९ जना धावक सहभागी


सोलुखुम्बु – नेपाली साहसिक पर्यटकीय गतिविधिको विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले एभरेस्ट ट्रेल रेसको ११ औँ संस्करण शुरु भएको छ । कुल एक सय ७५ किलोमिटर लामो यो दौडमा १० देशका २९ जना धावक सहभागी छन् । १० जना महिला र १९ जना पुरुषमध्ये एक महिला र एक पुरुष नेपाली रहेका छन् । पर्यटन वर्ष २०११ देखि एभरेस्ट ट्रेल रेस शुरु भएको       

अन्नपूर्ण ट्रेक्स एन्ड एक्पिसडिशन र स्पेनको ग्रन्स स्पाइस नामक कम्पनीले संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्दै आएका छन् । छ दिनसम्म चल्ने दौडमा निर्धारित एक सय ७५ किलोमिटर दुरीमध्ये ३३ किलोमिटर दुरी उकालो–ओरालो मात्रै रहेको छ ।

निर्धारित दुरी धावकले २० देखि २१ घण्टामा पूरा गर्ने यसअघिको अनुभव छ । प्रतियोगितामा पहिलो हुनेले दुई लाख, दोस्रो हुनेले डेढ लाख र तेस्रो हुनेले एक लाख रुपैयाँ प्राप्त गर्ने अन्नपूर्ण ट्रेक्स एन्ड एक्पिसडिशन प्रालिका कार्यकारी निर्देशक कामी शेर्पाले जानकारी दिनुभयो ।

सोलुखुम्बुको पत्ताले धापबाट शुरु भएको दौड पिके डाँडा, जुनबेसी, थुप्तेनछोलिङ, रिङमु, टाक्सिन्दु, खरीखोला, फाक्दिङ, नाम्चे हुँदै फोर्चे पुगेर त्यहाँबाट खुम्जुङ हुँदै नाम्चेबाट लुक्लामा झरेर सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार