चिवाङ गुम्वा शान्ति खोज्नेका लागि संसारकै उत्कृष्ट गन्तब्य : उपराष्ट्रपति यादव


उपराष्ट्रपति राम साहय यादवले चिवाङ गुम्वा शान्ति खोज्नेका लागि संसारकै उत्कृष्ट गन्तब्य  भएको बताउनुभएको छ ।  सय बर्ष पूरा भएको  अवसरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले शान्ति र आत्मनिरिक्षण खोज्नेहरुका लागी  महत्वपुर्ण धार्मिक स्थल भएको बताउनुभयो ।  उहाँले यस गुम्बाले बौद्ध धर्मको संरक्षण तथा अनुशासन सिकाइरहेकोमा खुशी  व्यक्त गर्नुभयो ।

सडक तथा हवाई माध्यमबाट सजिलै  पुग्न सकिने भएकाले यसलाई धार्मिक पर्यटकीय स्थल  बनाउन आग्रह गर्नुभयो । एक महिना अघिबाट सुरु भएको कार्यक्रममा बज्रगुरु मन्त्रजप, अभिषेक, माणिरिम्डु लगायत विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम भएको छ । ख्याती प्राप्त रिन्पोछेहरुबाट श्रद्धालु भक्तजनहरुका लागि अभिषेक (छेवाङ) समेत प्रदान गरिएको छ । १ सय बर्ष पूरा भएको अवसरमा गुम्बाले स्मारिकामार्फत प्रमुख लामाहरुको जीवनी समेत प्रकाशन गरेका छन् ।यस्तै आज गुम्बालाई विभिन्न समय र क्षेत्रमा सहयोग गर्ने दाताहरुलाई  प्रशांसा पत्र प्रदान  गरिएको छ ।  कार्यक्रममा ठुल्सेक रेन्पोजेका ३२ औँ अवतारीसहित अन्य ३ जना अवतारी लामाहरुको समेत सहधभागीता रहेको थियो ।  यस्तै कार्यक्रममा  प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी, सोलु दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा, सोल्ुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराई, तिन वटै सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि लगायतको उपस्थीती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार