पुस्तकालयमा मेरो लगानि कार्यक्रमको सुरुवात


चेतना बिस्तार युबा परिवार नेचासल्यान ४, सोलुखुम्बुको आयोजनामा दशै बिशेस शुभकामना आदानप्रदान तथा पुस्तकालयमा मेरो लगानि कार्यक्रम र चेतना अनुसन्धान अभियान २०८० को शुभारम्भ गरिएको छ । नेचासल्यान गाउपालिका उपाध्यक्ष बिना राइ ले प्रमुख अतिथिको रुपमा कार्यक्रम सुभारम्भ गरेकि हुन । चेतना बिस्तार युवा परिवार अनुसन्धान तथा प्रकाशन बिभागका प्रमुख हेरम्बराज बास्तोलाले चेतना अनुसन्धान अभियानका १४ आयामहरु प्रस्तुत गर्दै कार्यपत्रको प्रस्तुति राख्नु भएको थियो । सहभागिले अभियानलाइ अघि बढाउन शुझाब दिएका छन । यस्तै पुस्तकालयमा मेरो लगानि कार्यक्रममा हेरम्बराज बास्तोलाले बिभिन्न बिधाका गरि २३५ थान, पुर्ब शिक्षक मणिकुमार श्रेस्ठ मार्फत उपलब्ध पुस्तक दोमराज बास्तोला र प्रकाश राइ द्वारा सम्युत्त रुपमा १०१ थान सहित करिब ४०० थान पुस्तक पुस्तकालयलाइ हस्तानतरण भएको छ भने सस्थाका सदस्य पेसल आचार्य द्वारा पुस्तकालयका पाठकहरुलाइ ध्यानमा राख्दै १ थान डिस्पेन्सर समेत प्रदान गर्नु भएको छ । कार्यक्रममा गापा उपाध्यक्ष बिना राइ, सस्थाका सल्लाहकार डुफकुमार बास्तोला, बियस राइ, ५ नम्बर वडा अध्यक्ष राजनकुमार राइ लगाएत बिभिन्न राजनितिक दलका प्रतिनिधिहरुले धारणा राखेका थिए । कार्यक्रम सस्थाका अध्यक्ष जगनाथ बास्तोलाको अध्यक्षतामा भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार