ईभान बने पहिलो पटक सगरमाथा आधार शिबिरसम्म पुग्ने बिश्वकै कान्छो ब्यक्ती


अमेरिकाका ईभान शर्मा सगरमाथा आधार शिबिरसम्म पुग्ने बिश्वकै कान्छो ब्यक्ती बनेका छन । ५ वर्ष ५ महिनाका ईभान यहि सेप्टेम्बर २६ तारिकका दिन सगरमाथा आधार शिबिरमा पुगेका हुन ।

यसअघि कलिलो उमेरमै त्यहाँसम्म कोहि नपुगेकाले उनि नै पहिलो पटक कान्छो आरोहीका रुपमा त्यहाँ पुगेको उनका अबिभाबकको दाबी रहेको छ । लक्ष्मन कार्कीले दिएको जानकारी अनुसार हाालसम्म ६ बर्षको आरोही मात्र आधार शिबिरसम्म पुगेको र उनको त्यो रेकर्डलाई ईभानले तोडेका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार