मुलुकलाई नया दिशा दिन राष्ट्रिय सहमतिको आवश्यक्ता


एमसीसी विवादले गर्दा यसको पक्ष र विपक्षमा आम नेपाली जनता तथा दलहरु ध्रुविकृत भईरहेको छ। यसको विपक्षमा हप्ता दिन देखी बिभिन्न राजनितीक दल, संघ, संगठनका आम नेपाली जन समुदायहरु आक्रमक ढङ्गवाट राष्ट्र सेवक सुरक्षाकर्मीहरु संग मुठभेड र आमने(सामने गर्दै माईति घर देखि लिएर वानेश्वर( मिन भवन आसपासको ईलाकालाई रणभूमि र युद्ध मैदानको रुपमा परिणत गराईरहेका छन्। दैनिक रुपमा उक्त स्थानमा एक अर्का विच भएका झडप, ढुङ्गा हानाहान, तोडफोड, आगजनी , अश्रु ग्यांसका धुवाहरु र वुलेटका आवाजहरु सुन्न, देख्न र हेर्न पर्ने आम नेपाली जनताको दैनिकीनै भई सकेको छ। दैनिकरुपमा प्रदर्शनकारी र सुरक्षाकर्मी विच भएको झडपले गर्दा ब्यक्तिगत र सार्वजनिक संपति र संरचनाहरुको नष्ट तथा जनधनको क्षति समेत हुदै गईरहेको छ।

अघिल्लो सरकारलाई बिभिन्न ढङ्गवाट सत्ताच्यूत गरि विगत सात महिना देखि सर्वोच्च अदालतको परमादेश वाट स्थापित हुदै आईरहेको गठबन्धनको सरकार एमसीसीको चरम विवादको कारणले टुट्न सक्ने संकेत देखिएको छ। एकातर्फ गठबन्धनका मुख्य राजनीतिक दल नेपाली कांग्रेस दलको एमसीसीलाई कुनैपनि हालतमा पास गराई छाड्ने ईरादा रहेको छ भने अर्कोतर्फ गठबन्धनका अन्य राजनीतिक दलहरुमध्य खासगरि एमाओवादी र एसमाजवादी सडक र सरकार दुवै ठाउमा आफ्नो प्रभुत्व जमाउदै एमसीसीलाई फेल गराउने पक्षमा दृढताका साथ लागिपरेको छ।
“घुमि फिरी रुम्जाटार” भने जस्तै हिजो सवै दल मिलेर गाली गलौज, मानमर्दन , अभियोग पत्र समेत दर्ता गरी एक्ल्याईएका र सत्ताच्यूत गराईएका नेकपा एमाले दललाई एमसीसी फेल गर्ने वा पास गर्ने बिषयको निर्णायक शक्तिको रुपमा परिस्थितिले उभ्याईदिएको छ।विगत सात महिना देखि आफ्ना केही पुर्व सर्तहरुका साथ संसद अबरुद्ध गर्दै आईरहेको नेकपा एमालेले एमसीसीको वारेमा दलको आधिकारीक धारणा नदिई तटस्थ रुपमा खडा भएको छ । एमसीसीको पक्ष र विपक्षलाई लिएर राष्ट्रिय र अन्तराष्ट्रिय दुवै पक्षधर नेकपा एमाले लाई आफ्नो पक्षमा ल्याउन बिभिन्न प्रलोभन, आश्वासन , लेनदेन र भागबन्डाका साथ तिव्र राजनितीक संवाद र भेटघाटमा जुटिरहेका छन्। यो बिषम परिस्थीतिमा नेकपा एमालेले लिने निर्णयलेनै मुलुकको अबको गन्तब्यलाई दिशावोध र दिशानिर्देश गर्नेछ । यद्धपि दुवै पक्ष संग हाल सम्म भएका संवाद र छलफलमा नेकपा एमालेले आफ्ना केही निम्न पूर्व सर्तहरुलाई श्पष्ट संग राखेको छ। यि सर्तहरु मान्न जुन पक्ष छिटो तयार हुन्छ उसैको पक्षमा नेकपा एमालेले आफ्नो मत जाहेर गर्ने निश्चित छ।
पूर्व सर्तहरु
१. एमालेका १४ संसद निश्कासनका सूचना टांस्ने
२. सूचना टास्न नसक्ने हो भने शभामुखले राजिनामा दिनु पर्ने
३. नेकपा कालमा तत्त्कालिन अध्यक्ष बिरुद्ध लगाएको अभियोग पत्र फिर्ता लिने ९एमाओवादी०
४. नेकालाई संघिय सरकारमा आफू शहभागी नभई समर्थन दिने तर प्रदेश सरकारमा शहभागी हुने र चुनाव गर्ने।

सदैव दातृ राष्ट्रहरुको ऋण, अनुदान र सहयोगमा परनिर्भर रहनु पर्ने बाध्यता रहेको हाम्रो जस्तो कमजोर आर्थिक अवस्था रहेको गरिव मुलुकमा एमसीसी, विप्पा र विआरआई लगायत अन्य अन्तराष्ट्रिय अनुदान , सहयोग र परियोजनाहरुवाट मुलुकको सम्बृद्धि र बिकासमा पार्न सक्ने सकरात्मक र नकरात्मक असरहरुको वारेमा संसदमा घनिभूत छलफल गरि गरिने निर्णयहरुको वारेमा आम जनसमुदायमा सहमत असहमत जे भए तापनि त्यसलाई क्षणिक उद्वेग र आवेशमा आई उच्छृङ्खल र अराजक गतिबिधिवाट मुलुकको शान्ती सुब्यवस्थालाई प्रतिकूल असर पार्नको बदलामा धैर्य र संयमताका साथ अगामी चुनावको माध्यमवाटै आफ्नो अभिमत प्रकट गर्दानै उपयुक्त, बुद्धिमानी र सवैको हितमा हुनेछ।

त्यसैले अब एकले अर्का प्रति अनाबश्यक गाली, गलौज,मानमर्दन,अनादार,आरोप प्रत्यारोप र घमण्ड गर्ने तुच्छ संस्कार र प्रवृत्तिहरुलाई तिलाञ्जली दिदै मुलुक र जनताको सर्वाङ्गिण हितको खातिर विगतका कमिकमजोरीहरुलाई समिक्षा र आत्मालोचना गरि एक अर्काको विचमा स्वस्थ प्रतिस्पर्धा, आपसी सहयोग, सद्भाव, सहमति, समन्वय, भाईचारा र मेल मिलाप गरी मुलुकलाई नया दिशा दिने तर्फ सवै राजनितीक नेता तथा दलहरु केन्द्रित हुनु पर्ने आजको अपरिहार्य आवश्यक्ता रहेको छ। चेतना भया। धन्यवाद।
जय राष्ट्र। जय मुलुक।

महेश कुमार श्रेष्ठ
शसस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अ.प्रा.
२०७८ शाल, फाल्गुन १३ गते।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार