नेताहरुको दोहोरो चरित्रकै कारण मुलुक मुठभेडमा: पुर्व एसएसपी श्रेष्ठ

  महेश कुमार श्रेष्ठ

संसदमा एमसिसि दर्ता भएको करिव २ बर्ष पश्चात अत्यन्तै नाटकिय ढङ्गवाट २०७८ शाल फाल्गुन ८ गते संसदको छलफलको कार्यसुचिमा टेवुल भएको छ। मुलुकका दल तथा नेताहरुको असक्षमता, दलगत स्वार्थ, अदुरदर्शिता र दोहोरो चरित्रका कारण एमसिसि २ बर्ष सम्म अलम्लमानै परिरह्यो। यस भन्दा अघिल्लो सरकारको पालामा यसको वारेमा कार्यदलनै गठन गरि उक्त कार्यदलले केहि वुंदाहरुको संसोधन गरेपश्चात मात्र एमसिसि पास गर्दा उपयुक्त हुने भनि प्रतिवेदन पेश गरिएको थियो । जसको जानकारी श्पष्ट ढंगवाट अमेरीकालाई गराईएको भए तापनि कुनै पनि संसोधन वेगरनै पास गर्नु पर्ने भनि केहि बिवादित बिषयहरुमा अमेरिका वाट श्पष्टोक्ति समेत आएको पाईन्छ।

यद्धपि यो बिषयलाई अघिल्लो सरकारले संसदमा छलफल गराई अनुमोदन गराउनको लागी टेवल गराउन प्रयास गरेको भए तापनि नेकपा एमालेको आन्तरिक विवाद, खिचातानी, अन्तर द्वन्द्व , भण्डाफोर , एक अर्कामा दोषारोपण , अभियोग, शभामुखको शंकास्पद र संदेहपूर्ण भूमिकाको कारणले एमसिसिलाई ओझेलमा पारिने काम भयो।

नेकपा एमालेको आफ्नो दल भित्र भएको चरम गुटबन्दि , कुर्चि मोह, गुटगत र ब्यक्तिगत स्वार्थ र अभियोगको कारणले आफूनै सत्ताच्यूत हुन पर्ने तथा अस्थिरता र विवाद वाट मुक्ति पाउनको खातिर नया जनादेशको लागी दुई-दुई पटक सम्म अघिल्लो सरकारले संसद बिघठन गर्नु परेको थियो। तर यस्लाई सम्मानित सर्वोच्च अदालतले असंबैधानिक कदम ठहर गरि परमादेश मार्फत बर्तमान गठबन्धनको सरकार निर्माण भएको थियो। सर्वोच्च अदालतकै ईजलास वाट नेकपा एमाले र माओवादी एकिकरणको पूर्ववत अवस्थामा फर्किएका थिए भने एमाले वाट विभाजित भई दल वदल बिधेयक अनुसार एकिकृत समाज वाद दलको स्थापना भएको थियो।

आफ्नो दलगत र ब्यक्तिगत स्वार्थ , सत्ता र कुर्चि मोह अनि एमसिसि पासगर्ने प्रतिबद्धताकासाथ कुनै अमुक शक्ति राष्ट्रको प्रभावमा गठबन्धनको सरकारको निर्माण भएको हो भन्ने कुराको वारेमा बिभिन्न प्राज्ञ , बिद्वान तथा बिश्लेषक हरुले समय-समयमा चर्चा गर्दै आईनै रहेका छन्। गठबन्धन सरकार बनिसके पछिको संसदको पहिलो वैठक देखिनै प्रतिपक्ष नेकपा एमाले ले आफ्ना केही मागहरु सरकार पक्षले संबोधन गर्नु पर्ने भनि संसदमा अवरोध कायम गर्दै आईरहेको छ।

यसप्रकारले एमसिसिको बिषयलाई लिएर प्रतिपक्षले आफ्नो आधिकारिक धारणा नदिनु र संसद अबरुद्ध पारिरहनु, गठबन्धन सरकारले पनि यसको वारेमा एकमत कायम गर्न नसक्नु , गठबन्धन भित्रका नेका वाहेकका अन्य दलहरुले संसद, सरकार र सडकमा आफ्नो पकड कायम राखिरहने प्रकारका दोधारे तथा द्वैध चरित्रको कारण मुलुक अनिर्णयको बन्धि वन्दै दिनप्रतिदिन प्रहरि र प्रदर्शनकारी दाजूभाई तथा दिदी बहिनीहरुको विचमा भईरहेको ढुङ्गामुढा प्रहार, तोडफोड, आगजनि , मुठभेड र भिडन्तले मुलुकको शान्ती सुरक्षाको अवस्था अत्यन्तै कहालिलाग्दो र बिचित्र अवस्था तर्फ उन्मुख हुदै गईरहेको छ।

अन्त्यमा, मुलुकका नेता तथा दलहरुले यस्तो प्रकारका गभ्भिर परिस्थितीलाई मनन गरि जनता र प्रहरि विचको मुठभेड वाट भबिष्यमा घट्न सक्ने गंभिर घटनावाट बचाउन एमसिसिको वारेमा द्वैध चरित्र र नाटक मंचनलाई थाति राख्दै अबिलम्ब आ-आफ्नो कित्ता श्पष्ट गरि हुन्छ र हुन्न भन्नेमा आ-आफ्नो मत जाहेर गरि संसद वाट निकास दिईयोस भन्ने आम नेपाली जनताको जनईच्छा र जनअपेक्षा रहेको छ । धन्यवाद ।
जय राष्ट्र। जय मुलुक ।

-महेश कुमार श्रेष्ठ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार